एजेन्सी । फ्रेन्च लिग वान फुटबलमा साविक विजेता पेरिस सेन्ट जर्मेन (पीएसजी) ले सहज जित निकालेको छ ।
शनिबार राति भएको खेलमा पीएसजीले डिजोनलाई ४-० गोल अन्तरले पराजित गरेको हो ।
डिजोनको मैदानमा पीएसजीलाई जित दिलाउन केलियन एमबाप्पेले दुई गोल गरे ।
मोइस किन र डानिलो पेरेइराको नाममा एक एक गोल रह्यो ।

खेलको छैटौं मिनेटमा मोइसको गोलबाट पीएसजीले अग्रता बनाएको थियो ।
३२ औं मिनेटमा एमबाप्पेले पेनाल्टीमा गोल गर्दै पीएसजीलाई २-० को अग्रता दिलाए ।
खेलको ५१ औं मिनेटमा एमबाप्पेले व्यक्तिगत दोस्रो गोल गर्दै टिमको अग्रता ३-० को बनाए ।
त्यसपछि खेलको ८२ औं मिनेटमा डानिलोले गोल गर्दा पीएसजीले सहज जित निकाल्यो ।
जितसँगै पीएसजी लिगको दोस्रो स्थानमा उक्लिएको छ ।

पीएसजीले २७ खेलमा ५७ अंक जोडेको छ ।
शीर्ष स्थानको लिलको ५८ अंक रहेको छ ।
डिजोन १५ अंक जोडेर पुछारमा रहेको छ ।