एजेन्सी । जर्मन बुन्डेसलिगा फुटबलमा बोरुसिया डर्टमण्डले सहज जित निकालेको छ ।
शनिबार राति भएको खेलमा डर्टमण्डले अर्मिनियालाई ३-० गोल अन्तरले पराजित गरेको हो ।
घरेलु मैदानमा डर्टमण्डलाई जित दिलाउन महमुद दाहोद, जाडोन सान्चो र रिनिएरले एक एक गोल गरे ।
खेलको ४८ औं मिनेटमा महमुदले गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाएका थिए ।

५८ औं मिनेटमा सान्चोले पेनाल्टीमा गोल गर्दै डर्टमण्डलाई २-० को अग्रता दिलाए ।
त्यसपछि खेलको ८१ औं मिनेटमा रिनिएरले गोल गर्दै टिमलाई ३-० को सहज जित दिलाए ।
जितसँगै डर्टमण्डले २३ खेलमा ३९ अंक जोडेको छ ।
डर्टमण्ड लिगको पाँचौ स्थानमा रहेको छ ।
अर्मिनिया १८ अंक जोडेर रेलिगेसन क्षेत्रमा रहेको छ ।
