एजेन्सी । स्पेनिस ला लिगा फुटबलमा उपाधि दाबेदार बार्सिलोनाले सहज जित निकालेको छ ।
शनिबार राति भएको खेलमा बार्सिलोनाले सेभियालाई २-० गोल अन्तरले पराजित गरेको हो ।
सेभियाको मैदानमा बार्सिलोनालाई जित दिलाउन कप्तान लियोनल मेस्सी र ओसुमाने डेम्बेलेले एक एक गोल गरे ।
खेलको २९ औं मिनेटमा मेस्सीको पासमा डेम्बेलेले गोल गर्दै बार्सिलोनालाई १-० को अग्रता दिलाएका थिए ।

त्यसपछि खेलको ८६ औं मिनेटमा मेस्सीले गोल गर्दै बार्सिलोनालाई २-० को सहज जित दिलाए ।
जितसँगै बार्सिलोना लिगको दोस्रो स्थानमा उक्लिएको छ ।
बार्सिलोनाले २५ खेलमा ५३ अंक जोडेको छ ।
बार्सिलोना शीर्ष स्थानको एट्लेटिको मड्रिड भन्दा २ अंकले पछि रहेको छ ।
सेभिया ४८ अंक जोडेर लिगको चौंथो स्थानमा रहेको छ ।
