एजेन्सी । जर्मन बुन्डेसलिगा फुटबलमा शीर्ष स्थानको बायर्न म्युनिखले फराकिलो जित निकालेको छ ।
शनिबार राति भएको खेलमा बायर्नले एफसी कोल्नलाई ५-१ गोल अन्तरले पराजित गरेको हो ।
घरेलु मैदानमा बायर्नलाई जित दिलाउन रोबर्ट लेवान्डोस्की र सर्ज जिनाब्रीले दुई दुई गोल गरे । एरिक म्याक्सिमको नाममा एक गोल रह्यो ।
कोल्नका एलिस स्खेरीले एक गोल फर्काए ।
खेलको १८ औं मिनेटमा म्याक्सिमले गोल गर्दै बायर्नलाई अग्रता दिलाएका थिए ।

खेलको ३३ औं मिनेटमा लेवान्डोस्कीले गोल गर्दै टिमको अग्रता २-० को बनाए ।
खेलको ४९ औं मिनेटमा कोल्नका एलिसले गोल गर्दै खेल २-१ को स्थितिमा ल्याए ।
६५ औं मिनेटमा लेवान्डोस्कीले व्यक्तिगत दोस्रो गोल गर्दै टिमलाई ३-१ को अग्रता दिलाए ।
त्यसपछि खेलको ८२ र ८६ औं मिनेटमा जिनाब्रीले गोल गर्दै बायर्नलाई ५-१ को जित दिलाए ।
जितसँगै बायर्नले २३ खेलमा ५२ अंक जोडेको छ ।
कोल्न २१ अंक जोडेर १४ औं स्थानमा रहेको छ ।
