अविनाश थापा
निजगढ । विरगंज युनाईटेडले करैयामाई पाँचौ पिपरा गोल्डकप फुटबलको उपाधि जितेको छ ।
शनिबार भएको फाइनलमा एपीएफ बर्दिवासलाई १-० गोल अन्तरले पराजित गर्दै विरगंज च्याम्पियन बनेको हो ।
विरगंजको जितमा आशालाल चौधरीले निर्णायक गोल गरे ।
उपाधिसंगै विरगंजले २ लाख ५ हजार प्राप्त गरेको छ । उपविजेता बनेको एपीएफ वर्दिबासले १ लाख ५ हजारमा चित्त बुझायो ।
प्रतियोगितामा उत्कृष्ट गोलरक्षक विरगंजका दिलमानी चौधरी चुनिए । यस्तै उत्कृष्ट फरवार्ड एपीएफका रुपक लामाले हात पारे ।
फाइनलमा नायक बनेका आशालाल उत्कृष्ट मिडफिल्डर घोषित हुदाँ विरगंजकै संजय चौधरी उत्कृष्ट डिफेन्डर चुनिए ।
विधागततर्फ उत्कृष्ट बनेका खेलाडीहरुले जनही ५/५ हजार प्राप्त गरे ।
करैयामाई गाउँपालिकाको मुख्य प्रायोजनमा शृजनशिल युवा क्लबले आयोजना गरेको प्रतियोगितामा ८ टोलिको सहभागिता रहेको थियो ।