एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबलमा शीर्ष स्थानको म्यानचेस्टर सिटीले जित निकालेको छ ।
शनिबार भएको खेलमा सिटीले वेस्ट ह्याम युनाईटेडलाई २-१ गोल अन्तरले पराजित गरेको हो ।
घरेलु मैदानमा सिटीलाई जित दिलाउन रुबेन डियास र जोन स्टोन्सले एक एक गोल गरे ।
वेस्ट ह्यामका मिखेल एन्टोनियोले एक गोल फर्काए ।
खेलको ३० औं मिनेटमा डियासले गोल गर्दै सिटीलाई अग्रता दिलाएका थिए ।

तर, खेलको ४३ औं मिनेटमा एन्टोनियोले गोल गर्दै वेस्ट ह्यामलाई १-१ गोलको बराबरीमा फर्काए ।
त्यसपछि खेलको ६८ औं मिनेटमा स्टोन्सले गोल गर्दै सिटीलाई २-१ को जित दिलाए ।
यससँगै सिटीले सबैखाले प्रतियोगितामा लगातार २० औं जित निकालेको छ ।
यस्तै सिटीको यो प्रिमियर लिगमा लगातार १४ औं जित हो ।
जितसँगै सिटीले लिगमा १३ अंकको अग्रता बनाएको छ ।

सिटीले २६ खेलमा ६२ अंक जोडेको छ ।
दोस्रो स्थानको म्यानचेस्टर युनाईटेडको ४९ अंक रहेको छ ।
वेस्ट ह्याम २६ खेलमा ४५ अंक जोडेर चौंथो स्थानमा रहेको छ ।
