काठमाडौं । सहिद स्मारक 'बी' डिभिजन लिग फुटबलमा बाँसबारी क्लब बराबरीमा रोकिएको छ ।
शनिबार भएको खेलमा बाँसबारी श्री कुमारी क्लबसँग गोलरहित बराबरीमा रोकिएको हो ।
एन्फा कम्प्लेक्स सातदोबाटोमा पाएको मौकालाई सदुपयोग गर्न नसक्दा बाँसबारीले बराबरी खेल्दै अंक बाड्नु परेको हो ।
श्री कुमारीले पनि गोलको केहि अवसरलाई सदुपयोग गर्न सकेनन् ।
यस बराबरीसँगै बाँसबारीले लिगको दोस्रो स्थानमा उक्लने मौका गुमाएको छ ।
बाँसबारीले ७ खेलमा १५ अंक जोडेको छ । बाँसबारी तेस्रो स्थानमा रहेको छ ।
श्री कुमारीले ७ खेलमा ७ अंक जोडेको छ ।
श्री कुमारी आठौं स्थानमा रहेको छ ।
लिग अन्तर्गत नै यस अघिको खेलमा पुल्चोक स्पोर्ट्स क्लब र श्री भगवती क्लबले गोलरहित बराबरी खेलेका थिए ।
लिगमा १२ क्लबले प्रतिस्पर्धा गरिरहेका छन् ।
एक टिम 'ए' डिभिजन लिगमा बढुवा हुनेछ भने एक टिम 'सी' डिभिजनमा घटुवा हुनेछ ।