काठमाडौं । सहिद स्मारक 'बी' डिभिजन लिग फुटबलमा पुल्चोक स्पोर्ट्स क्लब र श्री भगवती क्लबले बराबरी खेल्दै अंक बाडेका छन् ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्स शनिबार पुल्चोक र श्री भगवतीले गोलरहित बराबरी खेलेको हो ।
प्रतिस्पर्धात्मक बनेको खेलमा दुबै टोलीले पाएको मौकामा गोल गर्न सकेनन् । जसको कारण दुबै टिमले एक अंकमा चित्त बुझाउनु पर्यो ।
यस बराबरीसँगै श्री भगवतीले ७ खेलबाट ६ अंक जोडेको छ ।
श्री भगवती लिगको नवौं स्थानमा रहेको छ ।
पुल्चोक २ अंक जोडेर पुछारमा रहेको छ ।