एजेन्सी । जर्मन बुन्डेसलिगा फुटबलमा आज विभिन्न ५ खेलहरु हुँदैछ ।
बुन्डेसलिगामा आज साविक विजेता बायर्न म्युनिख, बोरुसिया डर्टमण्ड, आरबी लाइपजित लगायतका क्लबहरुले प्रतिस्पर्धा गर्ने छन् ।
बायर्नले घरेलु मैदानमा एफसी कोल्नसँग खेल्नेछ ।
लिग लिडर बायर्न जित निकाल्दै शीर्ष स्थानको अग्रता थप फराकिलो बनाउन चाहन्छ ।
बायर्न ४९ अंक जोडेर शीर्ष स्थानमा रहेको छ ।
कोल्न २१ अंक जोडेर १४ औं स्थानमा रहेको छ ।
उपाधि दाबेदार लाइपजिगले घरेलु मैदानमा बोरुसिया मन्छेनग्लाडबाखसँग खेल्नेछ ।
लाइपजिग ४७ अंक जोडेर दोस्रो स्थानमा रहेको छ ।
मन्छेनग्लाडबाख ३३ अंक जोडेर आठौं स्थानमा रहेको छ ।
यस्तै डर्टमण्डले घरेलु मैदानमा अर्मिनियासँग खेल्नेछ ।
डर्टमण्ड ३६ अंक जोडेर छैटौं स्थानमा रहेको छ ।
अर्को खेलमा स्टुटगार्डले साल्केसँग खेल्दा उल्फवर्गलेहेर्था बर्लिनसँग खेल्नेछ ।