एजेन्सी । स्पेनिस ला लिगा फुटबलमा आज बार्सिलोनाले सेभियासँग प्रतिस्पर्धा गर्दैछ ।
बार्सिलोनाले सेभियासँग उसैको मैदानमा खेल्नेछ । बार्सिलोना र सेभियाबीचको खेल राति ९ बजे सुरु हुनेछ ।
सेभियाको मैदानमा बार्सिलोना जित निकाल्ने लक्ष्यसहित मैदान उत्रने छ ।
बार्सिलोना जित निकाल्दै लिगको दोस्रो स्थानमा उक्लन चाहन्छ ।
बार्सिलोना २४ खेलमा ५० अंक जोडेर तेस्रो स्थानमा रहेको छ ।
सेभियालाई पराजित गरेमा बार्सिलोना दोस्रो स्थानमा उक्लनेछ ।
तर,सेभियालाई उसैको मैदानमा हराउँन बार्सिलोनालाई सहज भने छैन ।
सेभिया पनि बार्सिलोनालाई हराएर शीर्ष तीनमा उक्लन चाहन्छ ।
सेभिया २३ खेलमा ४८ अंक जोडेर चौंथो स्थानमा रहेको छ ।
ला लिगा अन्तर्गत नै अर्को खेलमा इबरले हुयस्कासँग खेल्नेछ ।
डिपोर्टिभो अल्भेसले ओसासुनासँग खेल्दा गेटाफेले भ्यालेन्सियासँग खेल्नेछ ।