एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबलमा आज शीर्ष स्थानको म्यानचेस्टर सिटीले वेस्ट ह्यामसँग प्रतिस्पर्धा गर्नेछ ।
सिटीले घरेलु मैदानमा वेस्ट ह्यामसँग खेल्नेछ । सिटी र वेस्ट ह्यामबीचको खेल साँझ ६:१५ बजे सुरु हुनेछ ।
घरेलु मैदानमा सिटी सहज जित निकाल्दै उपाधि होड थप बलियो बनाउन चाहन्छ ।
सिटीले लिगमा २५ खेलबाट ५९ अंक जोडेको छ ।
सिटी दोस्रो स्थानको म्यानचेस्टर युनाईटेड भन्दा १० अंकले अघि रहेको छ ।
तर, वेस्ट ह्यामविरुद्ध जित निकाल्न सिटीलाई सहज हुने छैन ।
पछिल्लो समय वेस्ट ह्यामले उत्कृष्ट खेलिरहेको छ ।
वेस्ट ह्याम २५ खेलमा ४५ अंक जोडेर चौंथो स्थानमा रहेको छ ।
वेस्ट ह्याम पनि सिटीलाई हराएर अंक तालिका सुधार गर्न चाहन्छ ।
प्रिमियर लिग अन्तर्गत नै अर्को खेलमा वेस्ट ब्रुमले ब्राइटनसँग खेल्नेछ ।
लिड्स युनाईटेडले एस्टन भिल्लासँग खेल्नेछ ।
त्यस्तै न्युकासलले उल्भ्ससँग खेल्नेछ ।