काठमाडौं । सहिद स्मारक 'बी' डिभिजन लिग फुटबल अन्तर्गत आज दुई खेलहरु हुँदैछ ।
एन्फा कम्प्लेक्स सातदोबाटोमा हुने पहिलो खेलमा पुल्चोक स्पोर्ट्स क्लब र श्री भगवती क्लबबीच प्रतिस्पर्धा हुनेछ ।
पुल्चोक र श्री भगवतीबीचको खेल अपरान्ह १२:१५ बजे सुरु हुनेछ ।
दुबै टिम जित निकाल्ने योजनामा हुने छन् ।
पुल्चोक ६ खेलमा १ अंक जोडेर पुछारमा रहेको छ ।
पुल्चोक पहिलो जितको खोजीमा हुनेछ ।
श्री भगवती ६ खेलमा ५ अंक जोडेर दशौँ स्थानमा रहेको छ ।
अर्को खेलमा बाँसबारी क्लबले श्री कुमारी क्लबसँग खेल्नेछ ।
बाँसबारी र श्री कुमारीबीचको खेल अपरान्ह ३:३० बजे सुरु हुनेछ ।
बाँसबारी श्री कुमारीलाई हराएर दोस्रो स्थानमा उक्लन चाहन्छ ।
बाँसबारी ६ खेलमा १४ अंक जोडेर तेस्रो स्थानमा रहेको छ ।
श्री कुमारी ६ खेलमा ६ अंक जोडेर आठौं स्थानमा रहेको छ ।