काठमाडौं । सर्लाहीको वाग्मती युवा क्लबका महिला खेलाडीलाई जर्मन फुटबल क्लब स्पिलफेराइनिगुन्ग भिल्डेनरोथ इफाउले खेल सामाग्री सहयोग गरेको छ ।
बायर्न म्युनिख फ्यान क्लब नेपालका अध्यक्ष नवीन पाँडे र राफेला गोल्डस्मिथको पहलमा जर्मन क्लबले वाग्मतीका महिला खेलाडीहरुका लागि खेल सामग्री सहयोग गरेको हो ।
सर्लाहीको सन्तोष श्रेष्ठ स्मृति फुटबल मैदानमा आइतबार अखिल नेपाल फुटबल संघ (एन्फा) का केन्द्रीय सदस्य दावा लामा, वाग्मती नगरपालिकाका प्रमुख भरत कुमार थापालगायतले खेलाडीहरूलाई खेल सामग्री हस्तान्तरण गरे ।
कार्यक्रममा जर्मन क्लबबाट प्राप्त जर्सी, मोजा, बल र ब्याग ३७ खेलाडीलाई प्रदान गरिएको थियो ।

कार्यक्रममा बोल्दै क्लबका अध्यक्ष किस्मत मैनालीले यस्तै सहयोग र चन्दा संकलनबाटै खेलाडीहरूलाई नियमित प्रशिक्षण दिईरहेको बताए ।
क्लबमा हाल ४० जना महिला खेलाडीले तीन वर्ष यता नियमित प्रशिक्षण गरिरहेका छन् । टिमको प्रशिक्षकमा सोनाम लामा रहेका छन् ।
यस्तै क्लब ३० जना पुरुष खेलाडीलाई भने सुनील श्रेष्ठले प्रशिक्षण दिइरहेका छन् ।
