एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबलमा टोटेनहम पराजित भएको छ ।
आइतबार भएको खेलमा टोटेनहम वेस्ट ह्याम युनाईटेडसँग २-१ गोल अन्तरले पराजित भएको हो ।
वेस्ट ह्यामलाई जित दिलाउन मिखाइल एन्टोनियो र जेसे लिंगार्डले एक एक गोल गरे ।
टोटेनहमका लुकास मौराले एक गोल फर्काए ।

खेलको पाँचौं मिनेटमा एन्टोनियोले गोल गर्दै वेस्ट ह्यामलाई अग्रता दिलाएका थिए ।
खेलको ४७ औं मिनेटमा लिंगार्डले गोल गरेपछि वेस्ट ह्याम २-० ले अघि रह्यो ।
त्यसपछि खेलको ६४ औं मिनेटमा लुकासले एक गोल फर्काए पनि टोटेनहमलाई हारबाट जोगाउन सकेन ।
यस जितसंगै वेस्ट ह्याम लिगको चौंथो स्थानमा उक्लिएको छ ।
वेस्ट ह्यामले २५ खेलमा ४५ अंक जोडेको छ ।
टोटेनहम ३६ अंक जोडेर नवौं स्थानमा रहेको छ ।
