एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबलमा आज म्यानचेस्टर सिटीले आर्सनलसँग प्रतिस्पर्धा गर्दैछ ।
प्रिमियर लिगको लिग लिडर सिटीले आर्सनलसँग उसैको मैदानमा खेल्नेछ । सिटी र आर्सनलबीचको खेल राति १०:१५ बजे सुरु हुनेछ ।
आर्सनलविरुद्ध मैदान उत्रदा सिटी जित निकाल्ने योजनामा हुनेछ । सिटी आर्सनललाई हराउँदै उपाधि होड बलियो बनाउन चाहन्छ ।
तर, बलियो टिम आर्सनलविरुद्ध जित निकाल्न सिटीलाई सहज भने हुने छैन ।
सिटी २६ खेलमा ५६ अंक जोडेर लिगको शीर्ष स्थानमा रहेको छ ।
आर्सनल ३२ अंक जोडेर लिगको दशौँ स्थानमा रहेको छ ।
आर्सनल घरेलु मैदानमा सिटीलाई हराएर अंक तालिका सुधार गर्न चाहन्छ ।
प्रिमियर लिग अन्तर्गत नै टोटेनहमले वेस्ट ह्याम युनाईटेडसँग खेल्नेछ ।
लेष्टर सिटीले एस्टन भिल्लासंग खेल्नेछ ।