एजेन्सी । प्रिमियर लिग क्लब लिभरपुलका कप्तान जोर्डन हेण्डरसनले चोट बोकेका छन् ।
प्रिमियर लिग अन्तर्गत घरेलु मैदानमा एभर्टनविरुद्धको खेलमा कप्तान हेण्डरसनले चोट बोकेका हुन् ।
मिडफिल्डर हेण्डरसनको खुट्टाको मांसपेशीमा समस्या देखिएको छ ।
हेण्डरसनले चोट बोकेपछि लिभरपुलले उनको स्थानमा फिलिप्सलाई मैदान पठाएको थियो ।
एभर्टनविरुद्ध लिभरपुल २-० ले पराजित भएको थियो ।
हेण्डरसनको चोटबारे थप विवरण भने आएको छैन ।

हेण्डरसनले चोट बोकेसँगै लिभरपुलसँग चोटग्रस्त खेलाडीको सूची बढेको छ ।
चोटकै कारण लिभरपुलका भिर्गिल भान डाइक, माटिप, गोमेज र फाबिन्हो टिम बाहिर रहेका छन् ।
हेण्डरसनले चोट बोकेपछि लिभरपुललाई थप समस्या थपिएको छ ।