डर्टमण्डको सहज जित
२०२१ फेब्रुअरी २१, आइतबारखेलपाटी संवाददाता

एजेन्सी । जर्मन बुन्डेसलिगा फुटबलमा बोरुसिया डर्टमण्डले फराकिलो जित निकालेको छ ।
शनिबार राति भएको खेलमा डर्टमण्डले साल्केलाई ४-० गोल अन्तरले पराजित गरेको हो ।
साल्केको मैदानमा डर्टमण्डलाई जित दिलाउन अर्लिङ हालाण्डले दुई गोल गरे ।
यस्तै जाडोन सान्चो र राफेल गुएरेरोले एक एक गोल गरे ।
खेलको ४२ औं मिनेटमा सान्चोको गोलबाट डर्टमण्डले अग्रता बनाएको थियो ।
खेलको ४५ औं मिनेटमा हालाण्डले गोल गरेपछि डर्टमण्डको अग्रता २-० को बन्यो ।
खेलको ६० औं मिनेटमा राफेलले गोल गर्दा डर्टमण्ड ३-० ले अघि रह्यो ।
त्यसपछि खेलको ७९ औं मिनेटमा हालाण्डले व्यक्तिगत दोस्रो गोल गरेपछि डर्टमण्ड ४-० ले विजयी भयो ।
जितसँगै डर्टमण्डले २२ खेलबाट ३६ अंक जोडेको छ ।
डर्टमण्ड लिगको छैटौं स्थानमा रहेको छ ।
साल्के ९ अंक जोडेर पुछारमा रहेको छ ।