एजेन्सी । जर्मन बुन्डेसलिगा फुटबलमा साविक विजेता तथा शीर्ष स्थानको बायर्न म्युनिख पराजित भएको छ ।
शनिबार राति भएको खेलमा बायर्न फ्रान्कफर्टसँग २-१ गोल अन्तरले पराजित भएको हो ।
घरेलु मैदानमा फ्रान्कफर्टलाई जित दिलाउन दाइची कामडा र अमिन यूनेसले एक एक गोल गरे ।
बायर्नका रोबर्ट लेवान्डोस्कीले एक गोल फर्काए ।
खेलको १२ औं मिनेटमा कामडाले गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाएका थिए ।

खेलको ३१ औं मिनेटमा अमिनले गोल गरेपछि पहिलो हाफमा बायर्नले २-० को अग्रता बनायो ।
त्यसपछि खेलको ५३ औं मिनेटमा लेवान्डोस्कीले एक गोल फर्काएपनि टिमलाई हारबाट जोगाउन सकेनन् ।
यस हारसँगै बायर्नले शीर्ष स्थानको अग्रता फराकिलो बनाउने मौका गुमाएको छ ।
बायर्नले २२ खेलमा ४९ अंक जोडेको छ । बायर्न शीर्ष स्थानमा यथावत रहेको छ ।
फ्रान्कफर्ट ४२ अंक जोडेर चौंथो स्थानमा उक्लिएको छ ।