अबिनास थापा
निजगढ । योङ्गस्टार युवा क्लब तेस्रो निजगढ मेयर कप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।
शनिबार भएको तेस्रो क्वाटरफाइनलमा एफसी कोलगाउलाई २-१ गोल अन्तरले पराजित गर्दै योङ्गस्टार सेमिफाइनलमा पुगेको हो ।
खेलको २० औं मिनेटमा अरुण लामाले गोल गर्दै योङ्गस्टारलाई अग्रता दिलाएका थिए ।
खेलको ७३ औं मिनेटमा कोलगाउका बिराज लामाले गोल गर्दै खेल बराबरीमा ल्याएका थिए ।
तर ७४ औं मिनेटमा अनिल लामाले हेडमार्फत गोल गर्दै योङ्गस्टारलाई २-१ को जित दिलाए ।
खेलको म्यान अफ द म्याच योङ्गस्टारका कप्तान रोशन लामा भए ।
प्रतियोगिता अन्तर्गत अन्तिम क्वाटरफाइनलमा आईतबार बाघभैरव युवा क्लब र निजगढ युवा क्लब ए बीच प्रतिस्पर्धा हुनेछ ।
प्रतियोगिताको बिजेताले १ लाख रुपैंया प्राप्त गर्नेछ भने उपविजेताले ४५ हजार रुपैंया प्राप्त गर्नेछ ।