काठमाडौं । राष्ट्रिय फुटबल टिमका फरवार्ड घर्ति मगरको खुट्टाको चोटको शल्यक्रिया मार्चमा हुने भएको छ ।
घुँडाको गम्भीर चोट बोकेपछि उपचारका लागि कतार गएका विमलको शल्यक्रिया मार्च ९ मा हुने भएको हो ।
अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष कर्मा छिरिङ शेर्पाले विमलको घुँडाको शल्यक्रिया मार्च ९ मा तोकिएको जनाएका छन् ।
कतारस्थित अस्पेटार अस्पतालमा उनको शल्यक्रिया हुनेछ ।
राष्ट्रिय टिमको प्रशिक्षण दौरान विमलले चोट बोकेका थिए । उनको दायाँ घुँडाको लिगामेन्ट च्यातिएको बताईएको छ ।
यस अघि राष्ट्रिय टोलीका मिडफिल्डर बिक्रम लामाको सफल शल्यक्रिया भईसकेको छ ।
कोरोना र अन्य विरामीको चापको कारणले विमलको शल्यक्रियामा ढिलाई भएको हो ।