एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबलमा आज साविक विजेता लिभरपुलले एभर्टनसँग प्रतिस्पर्धा गर्दैछ ।
लिभरपुलले घरेलु मैदानमा एभर्टनसँग खेल्नेछ । दुई टोलीबीचको खेल राति ११:१५ बजे सुरु हुनेछ ।
घरेलु मैदानमा लिभरपुल सहज जित निकाल्ने लक्ष्यसहित मैदान उत्रने छ ।
तर, बलियो एभर्टनविरुद्ध लिभरपुललाई सहज जित निकाल्न कठिन हुनेछ ।

लिभरपुल २४ खेलमा ४० अंक जोडेर छैटौं स्थानमा रहेको छ ।
एभर्टनलाई हराएर लिभरपुल शीर्ष पाँचमा उक्लन चाहन्छ ।
एभर्टन २३ खेलमा ३७ अंक जोडेर सातौं स्थानमा रहेको छ ।
प्रिमियर लिग अन्तर्गत नै अर्को खेलमा चेल्सीले साउथह्याम्पटनसँग खेल्नेछ ।
त्यस्तै बर्नलीले वेस्ट ब्रुमसँग खेल्नेछ ।