एजेन्सी । इंग्लिस क्लब आर्सनलका मिडफिल्डर विलियनलाई जातीय दुर्व्यवहार भएको छ ।
सामाजिक संजालबाट मिडफिल्डर विलियनलाई दुर्व्यवहार भएको हो ।
सामाजिक संजाल इन्स्टाग्राममा विलियनलाई अपमानजनक सन्देशहरु आएको बताईएको छ ।
३२ वर्षीय ब्राजिलियन मिडफिल्डरले आफुलाई प्राप्त अपमानजनक सन्देशहरु सार्वजनिक गरेका छन् ।
'केहि परिवर्तन गर्नु आवश्यक छ । जातिवादविरुद्धको लडाई जारी छ,' चेल्सीका पूर्व खेलाडीले लेखेका छन् ।
यस्तै आर्सनलले आफ्ना खेलाडीमाथि भएको दुर्व्यवहारको निन्दा गर्दै यसलाई सामान्यरुपमा नलिने बताएको छ ।
'हामी जातीय विभेद र घृणित कार्यलाई खेलको सामान्य भागको रुपमा स्थान दिदैनौं,' आर्सनलले भनेको छ ।
गत हप्ता म्यानचेस्टर युनाईटेडका एन्थोनी मार्सियललाई पनि जातीय दुर्व्यवहार भएको थियो ।