एजेन्सी । फ्रेन्च लिग वान फुटबलमा ओलम्पिक लियोनले जित निकालेको छ ।
शुक्रबार राति भएको खेलमा लियोनले ब्रेस्टलाई ३-२ गोल अन्तरले पराजित गरेको हो ।
ब्रेस्टको मैदानमा नवौं मिनेटमा लुकास पाक्वेटाले गोल गर्दै लियोनलाई अग्रता दिलाएका थिए ।
खेलको २९ औं मिनेटमा होउस्सेमले गोल गर्दै लियोनलाई २-० को अग्रता दिलाए ।
खेलको ४४ औं मिनेटमा मेम्फीस डीपेले पेनाल्टीमा गोल गरेपछि पहिलो हाफमा लियोन ३-० ले अघि रह्यो ।
दोस्रो हाफमा घरेलु टोलीले दुई गोल फर्कायो ।

खेलको ५३ औं मिनेटमा ब्रेनडनले गोल गर्दै टोलीलाई ३-१ को स्थितिमा ल्याए ।
त्यसपछि खेलको ७४ औं मिनेटमा इर्भान कार्डोनाले गोल गरेपनि घरेलु टिम ३-२ ले पराजित भयो ।
यस जितसंगै लियोन लिगको शीर्ष स्थानमा उक्लिएको छ ।
लियोनले २६ खेलमा ५५ अंक जोडेको छ ।
ब्रेस्ट ३१ अंक जोडेर १२ औं स्थानमा रहेको छ ।
