एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबलमा उल्भ्सले लिड्स युनाईटेडलाई पराजित गरेको छ ।
शुक्रबार राति भएको खेलमा उल्भ्सले लिड्सलाई १-० गोल अन्तरले पराजित गरेको हो ।
घरेलु मैदानमा उल्भ्सले आत्मघाती गोलबाट जित निकालेको हो ।
लिड्सका गोलकिपर इलान मेस्लेरले आत्मघाती गोल गरे ।

पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको ६४ औं मिनेटमा मेस्लेरले आफ्नै पोस्टमा गोल गरेका थिए ।
जुन गोल उल्भ्सको जितमा निर्णायक बन्यो ।
जितसँगै उल्भ्सले २५ खेलमा ३३ अंक जोडेको छ ।
उल्भ्स लिगको ११ औं स्थानमा रहेको छ ।
लिड्स २४ खेलमा ३२ अंक जोडेर १२ औं स्थानमा रहेको छ ।
