नुवाकोट । बागमती प्रदेश लिग फुटबल प्रतियोगिता अन्तर्गत शुक्रबार भएको खेलमा सिन्धुपाल्चोक र काठमाडौं विजयी बनेका छन् ।
नुवाकोट आर्दश बहुमुखी क्याम्पसको खेल मैदान बट्टारमा समूह सी अन्तर्गत भएको पहिलो खेलमा काठमाडौंले काभ्रेलाई २–१ गोल अन्तरले पराजित गरेको हो ।
यस्तै दोस्रो खेलमा सिन्धुपाल्चोकले ललितपुरमाथि ५-१ को सहज जित निकाल्यो ।
प्रतियोगिता अन्तर्गत शनिबारको पहिलो खेलमा धादिङ र सिन्धुली तथा दोस्रो खेलमा घरेलु टोली नुवाकोट युनाइटेड र दोलखाबीच प्रतिस्पर्धा हुनेछ ।