अबिनास थापा
निजगढ। हिमाल युवा क्लब तेस्रो निजगढ मेयर कप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।
शुक्रबार भएको दोस्रो क्वाटरफाइनलमा रतनपुर युनाईटेड युथ क्लबलाई टाईब्रेकरमा ४-३ गोल अन्तरले पराजित गर्दै हिमाल अन्तिम चारमा पुगेको हो ।
खेलको निर्धारित समयमा गोलरहित बराबरीमा सकिएपछि खेल टाईब्रेकरमा गएको हो ।
प्रतियोगिता अन्तर्गत तेस्रो क्वाटरफाइनलमा शनिबार एफसी कोलगाउ र योङ्गस्टार युवा क्लबबीच प्रतिस्पर्धा हुनेछ ।
प्रतियोगिताको बिजेताले १ लाख रुपैंया प्राप्त गर्नेछ भने उपविजेताले ४५ हजार रुपैंया प्राप्त गर्नेछ ।