काठमाडौं । राष्ट्रिय महिला लिग फुटबलमा अहिले एपीएफ र त्रिभुवन आर्मी क्लबबीच प्रतिस्पर्धा भईरहेको छ ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा जारी खेलको पहिलो हाफ सकिदा एपीएफले १-० को अग्रता बनाएको छ ।
सरु लिम्बुले ४५ औं मिनेटमा गोल गर्दै टोलीलाई अग्रता दिलाएकी हुन् ।
उनले अनिता केसीको पासमा गोल गरिन् ।
आज दुबै टिम जित निकाल्ने लक्ष्यसहित मैदान उत्रिएका छन् ।
दुई खेल अगाबै च्याम्पियन बनिसकेको एपीएफ आर्मीलाई हराएर अपराजित रहदै उपाधि जित्न चाहन्छ ।
एपीएफले ११ खेलमा ३३ अंक जोडेको छ ।
आर्मी भने अन्तिम खेलमा जित निकाल्दै लिगको सुखद अन्त्य गर्न चाहन्छ ।
दोस्रो स्थान पक्का रहेको आर्मीको ११ खेलमा २६ अंक रहेको छ ।