काठमाडौं । राष्ट्रिय फुटबल टिमको बन्द प्रशिक्षणबाट ७ खेलाडी बाहिरिएका छन् ।
अखिल नेपाल फुटबल संघ (एन्फा) ले शुक्रबार ३८ खेलाडीबाट ७ खेलाडी बाहिरिएको जनाएको छ ।
राष्ट्रिय टिमको कार्यवाहक प्रशिक्षक बाल गोपाल महर्जनले पोखराको प्रशिक्षणपछि ३८ खेलाडीबाट घटाएर ३१ खेलाडी छनोट गरेका हुन् ।
बन्द प्रशिक्षणबाट बाहिरिनेमा अर्पण कार्की, सेसेहाङ लिम्बु, सरोज दाहाल, देवेन्द्र तामाङ, दिलेन लोक्ताम, विकास तामाङ र सुवास गुरुङ रहेका छन् ।
फिफा विश्वकप छनोट र एसियन कप छनोट अन्तर्गत बाँकी खेलका लागि एन्फाले प्रारम्भिक चरणको बन्द प्रशिक्षणमा ५८ खेलाडीलाई बोलाएको थियो ।
कतारमा २०२२ मा हुने विश्वकप र चीनमा २०२३ मा एसियन कप छनोटमा नेपालले अब तीन होम खेल खेल्न बाँकी रहेको छ ।
नेपालले अष्ट्रेलिया, जोर्डन र चाईनिज ताइपेसँग खेल्न बाँकी रहेको छ ।
नेपाली टिम :
गोलकिपर : विकेश कुथु, विशाल श्रेष्ठ, दीप कार्की, विशाल सुनार
डिफेन्डर : रजिन धिमाल, बिराज महर्जन, विकास खवास, अनन्त तामाङ, छिरिङ गुरुङ, दिनेश राजवंशी, अजित भण्डारी, सुरज बिक, रोहित चन्द, निशान खड्का,पाल्साङ लामा
मिडफिल्डर :सुजल श्रेष्ठ, विशाल राई, सन्तोष तामाङ, सुनिल बल, हेमन्त थापा मगर, एरिक विष्ट, तेज तामाङ,रबि पासवान, त्रिदेभ गुरुङ, संजोक राई, अन्जन बिष्ट,
फरवार्ड : भरत खवास, नवयुग श्रेष्ठ, दर्शन गुरुङ, आशिष लामा,जर्ज प्रिन्स कार्की