काठमाडौं । राष्ट्रिय महिला लिग फुटबल अहिले नेपाल पुलिस क्लब र चौदण्डीगढी नगरपालिकाबीच प्रतिस्पर्धा भईरहेको छ ।
एन्फा कम्प्लेक्स सातदोबाटोमा जारी खेलको पहिलो हाफ सकिदा पुलिसले ७-० गोलको अग्रता बनाएको छ ।
पुलिसका लागि निरु थापाले ह्याट्रिकसहित ४ गोल गरेकी छिन् । निर्मला बिकले २ गोल गरिन् ।
एक गोल आत्मघाती गोल भएको छ ।
पुलिस चौदण्डीलाई हराएर लिगको तेस्रो स्थान पक्का गर्न चाहन्छ ।
पुलिस ११ खेलमा १५ अंक जोडेर पाँचौ स्थानमा रहेको छ ।
अन्तिम खेलमा जित निकालेमा पुलिस तेस्रो स्थानमा रहनेछ ।
चौदण्डी भने अन्तिम खेलमा जित निकाल्न चाहन्छ ।
चौदण्डी ११ खेलमा अंक विहीन रहदै पुछारमा रहेको छ ।
अर्को खेलमा च्याम्पियन बनिसकेको एपीएफ र त्रिभुवन आर्मी क्लबबीच खेल हुनेछ ।