एजेन्सी । युरोपा लिग फुटबल अन्तर्गत अन्तिम ३२ को पहिलो लेगमा इटालियन क्लब रोमाले जित निकालेको छ ।
बिहीबार राति भएको खेलमा रोमाले १० खेलाडीमा सिमित एससी ब्रागालाई २-० गोल अन्तरले पराजित गरेको हो ।
ब्रागाको मैदानमा रोमालाई जित दिलाउन इडेन डेज्को र बोर्जा मायोरलले एक एक गोल गरे ।
खेलको ५८ औं मिनेटमा रिकार्डोले दोहोरो पहेलो कार्ड पाएपछि घरेलु टिम १० खेलाडीमा समेटिएको थियो ।
जितसँगै रोमाले अन्तिम १६ मा पुग्ने सम्भावना बलियो बनाएको छ ।
अर्को इटालियन क्लब एसी मिलान भने बराबरीमा रोकिएको छ ।
पहिलो लेगमा मिलानले एफके क्रभेनासँग २-२ गोलको बराबरी खेलेको हो ।
मिलानका थियो हर्नान्डेजले गोल गर्दा एक गोल आत्मघाती उपहार पाएको थियो ।
क्रभेनाका गुएलर कङ्गा र मिलान पाभकोबले एक एक गोल गर्दा राडोभानले आत्मघाती गोल गरेका थिए ।
यस्तै रोडिकले दोहोरो पहेलो कार्डसहित रातो कार्ड पाउँदा क्रभेना १० खेलाडीमा रहेर खेलेको थियो ।