एजेन्सी । युरोपा लिग फुटबल अन्तर्गत अन्तिम ३२ को पहिलो लेगमा इंग्लिस क्लब आर्सनल बराबरीमा रोकिएको छ ।
बिहीबार राति भएको खेलमा आर्सनल पोर्चुगिज क्लब बेन्फिकासँग १-१ गोलको बराबरीमा रोकिएको हो ।
रोममा भएको खेलमा बुकायो साकाले गोल गरेपछि आर्सनल हारबाट जोगिएको हो ।
प्रतिस्पर्धात्मक बनेको खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो ।

दोस्रो हाफमा भने बेन्फिकाले अग्रता बनायो ।
खेलको ५५ औं मिनेटमा पिज्जीले पेनाल्टीमा गोल गर्दै बेन्फिकालाई १-० को अग्रता दिलाए ।
तर, ५७ औं मिनेटमा साकाले गोल गरेपछि खेल १-१ को बराबरीमा सकिएको हो ।
यस बराबरीसँगै दुबै टोलीको अन्तिम १६ मा पुग्ने सम्भावना कायम रहेको छ ।
तर, दोस्रो लेगमा आर्सनललाई फाईदा हुनेछ ।
दोस्रो लेग आर्सनलले घरेलु मैदानमा खेल्नेछ ।
आर्सनल र बेन्फिकाबीचको दोस्रो लेग फेब्रुअरी २५ मा हुनेछ ।