एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबलमा आज शीर्ष स्थानको म्यानचेस्टर सिटीले एभर्टनसँग प्रतिस्पर्धा गर्दैछ ।
सिटीले एभर्टनसँग उसैकै मैदानमा खेल्नेछ । सिटी र एभर्टनबीचको खेल राति २ बजे सुरु हुनेछ ।
एभर्टनको मैदानमा सिटी जित निकाल्दै उपाधि होड बलियो बनाउन चाहन्छ ।
लिगमा सिटीले ७ अंकको अग्रता बनाएको छ । एभर्टनलाई हराएर सिटी अग्रता थप फराकिलो बनाउन चाहन्छ ।
शीर्ष स्थानको सिटीले २३ खेलमा ५३ अंक जोडेको छ ।
एभर्टन २२ खेलमा ३७ अंक जोडेर सातौं स्थानमा रहेको छ ।
एभर्टन पनि सिटीलाई हराएर अंक तालिका सुधार गर्न चाहन्छ ।
अर्को खेलमा बर्नलीले फुलहमसँग खेल्नेछ ।