काठमाडौं । राष्ट्रिय महिला लिग फुटबलमा उपाधि दाबेदार त्रिभुवन आर्मी क्लब बराबरीमा रोकिएको छ ।
एन्फा कम्प्लेक्स सातदोबाटोमा बुधबार भएको खेलमा आर्मी नेपाल पुलिस क्लबसँग १-१ गोलको बराबरीमा रोकिएको हो ।
पहिलो हाफमा एक गोलले पछि परेको आर्मीले दोस्रो हाफमा गोल फर्काउदै बराबरी खेलेको हो ।
खेलको १७ औं मिनेटमा अमृता जैशीको गोलबाट पुलिसले अग्रता बनाएको थियो । अमृताले कर्नर बलमा हेड गोल गरेकी थिइन् ।
तर, खेलको ५३ औं मिनेटमा रश्मी घिसिङले गोल गर्दै आर्मीलाई १-१ गोलको बराबरी ल्याईन ।
यस्तै खेलको ८७ औं मिनेटमा पुलिस पेनाल्टीमा गोल गर्न चुकेको थियो ।
पुलिसकी कप्तान घिम कुमारी गुरुङको पेनाल्टी प्रहार आकाशिएको थियो ।
पुलिससँग बराबरीमा रोकिएसँगै आर्मीको उपाधि यात्रा कमजोर सकिएको छ ।
दोस्रो स्थानमा रहेको आर्मीले ११ खेलमा २६ अंक जोडेको छ ।
चौंथो स्थानमा उक्लिएको पुलिसको १५ अंक रहेको छ ।