काठमाडौं । राष्ट्रिय महिला लिग फुटबलमा अहिले त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लबबीच प्रतिस्पर्धा भईरहेको छ ।
एन्फा कम्प्लेक्स सातदोबाटोमा जारी खेलको पहिलो हाफ सकिदा पुलिसले १-० को अग्रता बनाएको छ ।
खेलको १७ औं मिनेटमा अमृता जैशीको गोलबाट पुलिसले अग्रता बनाएको हो । अमृताले कर्नर बलमा हेड गोल गरेकी हुन्।
यस खेल आर्मीका लागि महत्वपूर्ण रहेको छ ।
दोस्रो स्थानमा रहेको आर्मीलाई उपाधिको सम्भावना कायम राख्न जित्नै पर्ने दबाब छ ।
पुलिसलाई पराजित गरेमा आर्मीको उपाधि होड कायम रहनेछ ।
आर्मी पुलिससँग पराजित भएमा शीर्ष स्थानको एपीएफले दुई खेल अगावै उपाधि जित्नेछ ।
आर्मीको १० खेलमा २५ अंक जोडेको छ । पाँचौं स्थानको पुलिसको १४ अंक रहेको छ ।
उपाधि नजिक रहेको एपीएफको ३० अंक रहेको छ ।