एजेन्सी । बार्सिलोनाका फरवार्ड एन्टोनियो ग्रीजम्यानले पेरिस सेन्ट जर्मेन (पीएसजी) का युवा स्ट्राइकर केलियन एमबाप्पेलाई लियोनल मेस्सी र क्रिस्टियानो रोनाल्डोसँग तुलना गरेका छन् ।
च्याम्पियन्स लिग फुटबलको अन्तिम १६ अन्तर्गत बार्सिलोनाविरुद्धको पहिलो लेगमा ह्याट्रिक गरेपछि ग्रीजम्यानले एमबाप्पेलाई मेस्सी र रोनाल्डोसँग तुलना गरेका हुन् ।
फ्रान्सका सहकर्मी समेत रहेका ग्रीजम्यानले एमबाप्पे चाडै मेस्सी र रोनाल्डोको स्तरमा पुग्ने समेत बताए ।
'उनीबाट म खुसी छु । मलाई विश्वास छ पीएसजीसँग भविष्यका स्टार छन् । जो मेस्सी र रोनाल्डोको स्तरमा हुनेछन्,' ग्रीजम्यानले भनेका छन् ।
एमबाप्पेले ह्याट्रिक गरेपछि पीएसजीले पहिलो लेगमा बार्सिलोनालाई ४-१ ले हराएको थियो ।
पीएसजीले बार्सिलोनाविरुद्ध क्याम्प नाउमै फराकिलो जित निकालेको हो ।
एमबाप्पे च्याम्पियन्स लिगमा बार्सिलोनाविरुद्ध ह्याट्रिक गर्ने तेस्रो खेलाडी हुन् ।