काठमाडौं । राष्ट्रिय महिला लिग फुटबलमा आज दुई खेलहरु हुँदैछ ।
एन्फा कम्प्लेक्स सातदोबाटोमा हुने पहिलो खेलमा त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लबबीच प्रतिस्पर्धा हुनेछ ।
आर्मी र पुलिसबीचको खेल अपरान्ह १२ बजे सुरु हुनेछ ।
यस खेल आर्मीका लागि महत्वपूर्ण रहेको छ ।
दोस्रो स्थानमा रहेको आर्मीलाई उपाधिको सम्भावना कायम राख्न जित्नै पर्ने दबाब छ ।
पुलिसलाई पराजित गरेमा आर्मीको उपाधि होड कायम रहनेछ ।
आर्मी पुलिससँग पराजित भएमा शीर्ष स्थानको एपीएफले दुई खेल अगावै उपाधि जित्नेछ ।
आर्मीको १० खेलमा २५ अंक जोडेको छ । पाँचौं स्थानको पुलिसको १४ अंक रहेको छ ।
उपाधि नजिक रहेको एपीएफको ३० अंक रहेको छ ।
एपीएफले आजै विराटनगर महानगरपालिकासँग खेल्नेछ ।
एपीएफ र विराटनगरबीचको खेल अपरान्ह ३ बजे सुरु हुनेछ ।
एपीएफ विराटनगरलाई हराएर एक खेल अगाबै उपाधि जित्न चाहन्छ ।
एपीएफलाई उपाधिका लागि एक जितको खाचो रहेको छ ।
जारी लिगमा एपीएफ अपराजित रहने एक्लो टिम हो ।
तर, चोटको कारण मुख्य स्ट्राइकर सावित्रा भण्डारीले खेल्ने छैनन् ।
उनी करिब एक वर्ष मैदान बाहिर रहने भएकी छिन् ।
विराटनगर भने एपीएफलाई हराएर तेस्रो स्थान सुरक्षित बनाउन चाहन्छ ।
विराटनगर ११ खेलमा १६ अंक जोडेर तेस्रो स्थानमा रहेको छ ।