एजेन्सी । इंग्लिस क्लब लिभरपुलले च्याम्पियन्स लिग फुटबल अन्तर्गत अन्तिम-१६ को पहिलो लेगमा सहज जित निकालेको छ ।
मंगलबार राति भएको खेलमा लिभरपुलले जर्मन क्लब आरबी लाइपजिगलाई २-० गोल अन्तरले पराजित गरेको हो ।
हंगेरीको पुस्कास एरिनामा लिभरपुललाई जित दिलाउन मोहमद सलाह र साडियो मानेले एक एक गोल गरे ।
पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको दोस्रो हाफमा लिभरपुलले गोल गरेको थियो ।
खेलको ५३ औं मिनेटमा सलाहले गोल गर्दै लिभरपुललाई अग्रता दिलाएका थिए ।

त्यसपछि खेलको ५८ औं मिनेटमा मानेले गोल गर्दै लिभरपुललाई २-० को सहज जित दिलाए ।
जितसँगै लिभरपुलको क्वाटरफाइनल पुग्ने सम्भावना बलियो बनेको छ ।
लाइपजिगलाई भने दोस्रो लेगमा फराकिलो जित निकाल्नु पर्ने भएको छ ।
दोस्रो लेग खेल लिभरपुलको मैदानमा मार्च १० मा हुनेछ ।
