काठमाडौं । राष्ट्रिय महिला लिग फुटबलमा आज लिग लिडर एपीएफले उदयपुरको चौदण्डीगढी नगरपालिकासँग प्रतिस्पर्धा गर्दैछ ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा एपीएफ र चौदण्डी भिड्ने छन् । दुई टोलीबीचको खेल अपरान्ह २ बजे सुरु हुनेछ ।
साविक विजेता समेत रहेको एपीएफ चौदण्डीलाई हराएर अपराजित यत्र कायम राख्न चाहन्छ ।
एपीएफ लिगमा अपराजित रहने एक्लो टिम हो ।
शीर्ष स्थानको एपीएफएले ६ खेलमा १८ अंक जोडेको छ ।
यस अघिको भेटमा एपीएफले चौदण्डीलाई २२-० ले हराएको थियो ।
उक्त खेलमा सावित्रा भण्डारी एक्लैले १२ गोल गरेकी थिइन् ।
एपीएफ आजको खेलमा उक्त नतिजा कायम राख्न चाहन्छ ।
यता, चौदण्डी भने एपीएफलाई रोक्ने योजनामा रहेको छ ।
चौदण्डी एपीएफसँग अघिल्लो खेलमा व्यहोरेको हारको बदला समेत लिन चाहन्छ ।
जारी लिगमा अंक विहीन रहने एक्लो टिम चौदण्डी हो ।
चौदण्डीले अघिल्ला ६ खेलमा हार व्यहोरेको छ ।
चौदण्डीले आफ्नो टिम बलियो बनाउन भारतीय खेलाडी अनुबन्ध गरिसकेको छ ।