एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबलमा चेल्सीले जित निकालेको छ ।
आइतबार राति भएको खेलमा चेल्सीले सेफिल्ड युनाईटेडलाई २-१ गोल अन्तरले पराजित गरेको हो ।
सेफिल्डको मैदानमा चेल्सीलाई जित दिलाउन मासन माउन्ट र जोर्गिन्होले एक एक गोल गरे ।
सेफिल्डले एक आत्मघाती गोलको उपहार पाएको थियो ।
खेलको ४३ औं मिनेटमा माउन्टले गोल गर्दै चेल्सीलाई अग्रता दिलाएका थिए ।

तर, खेलको ५४ औं मिनेटमा चेल्सीका एन्टोनियो रुडिगरले आत्मघाती गोल गर्दा खेल १-१ को बराबरीमा पुग्यो ।
त्यसपछि खेलको ५८ औं मिनेटमा जोर्गिन्होले पेनाल्टीमा गोल गर्दै चेल्सीलाई २-१ को जित दिलाए ।

जितसंगै चेल्सी लिगको पाँचौं स्थानमा उक्लिएको छ ।
चेल्सीले २३ खेलमा ३ अंक जोडेको छ ।
सेफिल्ड ११ अंक जोडेर पुछारमा रहेको छ ।
