एजेन्सी । स्पेनिस ला लिगा फुटबलमा उपाधि दाबेदार बार्सिलोनाले जित निकालको छ ।
आइतबार राति भएको खेलमा बार्सिलोनाले रियल बेटिसलाई ३-२ गोल अन्तरले पराजित गरेको हो ।
बेटिसको मैदानमा एक गोलले पछि परेपनि पुनरागमन गर्दै बार्सिलोनाले जित निकालेको हो ।
खेलको ३८ औं मिनेटमा बोर्जाले गोल गर्दै बेटिसलाई अग्रता दिलाएका थिए ।
खेलको ५९ औं मिनेटमा लियोनल मेस्सीले गोल गर्दै बार्सिलोनालाई १-१ गोलको बराबरीमा फर्काए ।

खेलको ५७ औं मिनेटमा मैदान प्रवेश गरेका मेस्सीले दुई मिनेट पछि नै गोल गरेका हुन् ।
यस्तै खेलको ६८ औं मिनेटमा भिक्टर रुइजले आत्मघाती गोल गर्दा बार्सिलोना २-१ ले अघि रह्यो ।
खेलको ७५ औं मिनेटमा भिक्टरले गोल गर्दै बेटिसलाई २-२ गोलको बराबरीमा ल्याए ।
त्यसपछि खेलको ८७ औं मिनेटमा त्रिनकाओले गोल गर्दै बार्सिलोनालाई ३-२ को जित दिलाए ।
जितसँगै बार्सिलोना लिगको दोस्रो स्थानमा उक्लिएको छ ।
बार्सिलोनाले २१ खेलमा ४३ अंक जोडेको छ ।
बेटिस ३० अंक जोडेर सातौं स्थानमा रहेको छ ।
