एजेन्सी । एसी मिलान इटालियन सिरी 'ए' फुटबलको शीर्ष स्थानमा उक्लिएको छ ।
आइतबार राति भएको खेलमा क्रोटोनलाई ४-० गोल अन्तरले पराजित गर्दै मिलान शीर्ष स्थानमा फर्किएको हो ।
घरेलु मैदानमा मिलानलाई जित दिलाउन ज्लाटन इब्राहिमोभिच र एन्टी रेबिकले २/२ गोल गरे ।
घरेलु मैदानमा खेलको ३० औं मिनेटमा इब्राहिमोभिचले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए ।
यस गोलसंगै इब्राहिमोभिचले क्लब फुटबलमा करियरको ५०० औं गोल पुरा गरे ।

इब्राहिमोभिचले खेलको ६४ औं मिनेटमा व्यक्तिगत दोस्रो गोल गर्दै टोलीलाई २-० को अग्रता दिलाए ।
खेलको ६९ औं मिनेटमा रेबिकले गोल गर्दा मिलानको अग्रता ३-० को बन्यो ।
त्यसपछि खेलको ७० औं मिनेटमा रेबिकले व्यक्तिगत दोस्रो गोल गर्दै मिलानलाई ४-० को जित दिलाए ।
जितसंगै मिलानले २१ खेलमा ४९ अंक जोडेको छ ।

मिलानले डर्बी क्लब इन्टर मिलानलाई २ अंकले पछि पारेको छ ।
इन्टरले ४७ अंक रहेको छ ।
क्रोटोन १२ अंक जोडेर पुछारमा रहेको छ ।