एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबलमा टोटेनहमले सहज जित निकालेको छ ।
आइतबार भएको खेलमा टोटेनहमले वेस्ट ब्रुमलाई २-० गोल अन्तरले पराजित गरेको हो ।
घरेलु मैदानमा टोटेनहमलाई जित दिलाउन ह्यारी केन र ह्युङ मिन सनले एक एक गोल गरे ।

खेलको ५४ औं मिनेटमा केनले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए ।
त्यसपछि खेलको ५८ औं मिनेटमा सनले गोल गर्दै टोटेनहमलाई २-० को जित दिलाए ।
जितसंगै टोटेनहमले सातौं स्थानमा उक्लिएको छ ।
टोटेनहमले २२ खेलमा ३६ अंक जोडेको छ ।
वेस्ट ब्रुम १२ अंक जोडेर १९ औं स्थानमा रहेको छ ।
