एजेन्सी । स्पेनिस ला लिगा फुटबलमा आज उपाधि दाबेदार बार्सिलोनाले रियल बेटिससँग प्रतिस्पर्धा गर्दैछ ।
बार्सिलोनाले बेटिससँग उसैको मैदानमा खेल्नेछ । बार्सिलोना र बेटिसबीचको खेल राति १:४५ बजे सुरु हुनेछ ।
बेटिसविरुद्ध मैदान उत्रदा बार्सिलोना सहज जितको खोजीमा हुनेछ ।
बार्सिलोना बेटिसलाई हराएर दोस्रो स्थानमा उक्लन चाहन्छ ।
बार्सिलोना लिगमा ४० अंक जोडेको चौंथो स्थानमा रहेको छ ।
बेटिस ३० अंक जोडेर लिगको सातौं स्थानमा रहेको छ ।
ला लिगा अन्तर्गत नै रियल सोसिडाडले काडिजसँग खेल्नेछ ।
एथ्लेटिक बिल्बाओले भ्यालेन्सियासँग खेल्नेछ ।
अर्को खेलमा ओससुना र इबरबीच खेल हुनेछ ।