पहिलो हाफमा पुलिस र वालिङको बराबरी
आइतबार, माघ २५, २०७७खेलपाटी संवाददाता

काठमाडौं । राष्ट्रिय महिला लिग फुटबल अन्तर्गत अहिले नेपाल पुलिस क्लब र वालिङ नगरपालिकाबीच प्रतिस्पर्धा भईरहेको छ ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा जारी खेलको पहिलो हाफ सकिदा पुलिस र वालिङले गोलरहित बराबरी खेलेका छन् ।
आज दुबै टिम जित निकाल्ने लक्ष्यसहित मैदान उत्रिएका छन् ।
तर, पहिलो हाफमा दुबै टोलीले गोल निकाल्न सकेनन् ।
पुलिस ८ अंक जोडेर लिगको चौंथो स्थानमा रहेको छ ।
पुलिस उपाधि होडबाट भने बाहिरिसकेको छ ।
वालिङ ८ अंक जोडेर पाँचौं स्थानमा रहेको छ ।










-1762399930574.webp&w=3840&q=75)

-1762391821675.webp&w=3840&q=75)
-1762391460419.webp&w=3840&q=75)