एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबलमा आज दुई ठुला क्लब लिभरपुल र म्यानचेस्टर सिटीबीच प्रतिस्पर्धा हुँदैछ ।
लिभरपुलले घरेलु मैदानमा सिटीको सामना गर्नेछ । लिभरपुल र सिटीबीचको खेल राति १०:१५ बजे सुरु हुनेछ ।
साविक विजेता समेत रहेको लिभरपुल घरेलु मैदानमा जित निकाल्दै उपाधि होड कायम राख्न चाहन्छ ।
खराब लयमा रहेको लिभरपुल ४० अंक जोडेर चौंथो स्थानमा रहेको छ ।
लिभरपुल लिग लिडर सिटी भन्दा ७ अंकले पछि रहेको छ ।
यता, सिटी भने लिभरपुललाई उसैको मैदानमा हराएर उपाधि होड थप बलियो बनाउन चाहन्छ ।
सिटी ४७ अंक जोडेर शीर्ष स्थानमा रहेको छ ।
लिभरपुललाई हराउँन सकेमा सिटीले शीर्ष स्थानमा १० अंकको अग्रता बनाउने छ ।
घरेलु मैदानमा सिटीविरुद्ध साडियो माने, फाबिन्हो र गोलकिपर एलिसन बेकरले खेल्ने सम्भावना रहेको छ ।
उनीहरु अघिल्ला खेलमा टिममा थिएनन् ।
त्यस्तै जनवरी ट्रान्सफरमा अनुबन्धित ओजन काबाक पनि सिटीविरुद्धको खेलमा उपलब्ध हुने छन् ।
सिटीका केभिन डी ब्रुएन, सर्जियो अग्युरो र नाथन एके टिममा हुने छैनन् ।
प्रिमियर लिग अन्तर्गत नै अर्को खेलमा टोटेनहमले वेस्ट ब्रुमसँग खेल्दा लेष्टर उल्भ्ससँग खेल्नेछ ।
चेल्सीले सेफिल्डसँग उसैको मैदानमा खेल्नेछ ।