युनाईटेड र एभर्टन भिड्दै
शनिबार, माघ २४, २०७७खेलपाटी संवाददाता

एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबलमा आज उपाधि दाबेदार म्यानचेस्टर युनाईटेडले एभर्टनसँग प्रतिस्पर्धा गर्दैछ ।
युनाईटेडले घरेलु मैदानमा एभर्टनसँग खेल्नेछ । दुई टिमबीचको खेल नेपाली समय अनुसार राति १:४५ बजे सुरु हुनेछ ।
घरेलु मैदानमा युनाईटेड जित निकाल्दै शीर्ष स्थानको म्यानचेस्टर सिटीलाई दबाब दिन चाहन्छ ।
यस्तै एभर्टनलाई हराउँन सकेमा युनाईटेडले सिटीसँग अंक बराबरी गर्ने छन् ।
दोस्रो स्थानको युनाईटेडले ४४ अंक जोडेको छ । सिटीको ४७ अंक रहेको छ ।
एभर्टन ३६ अंक जोडेर सातौं स्थानमा रहेको छ ।
एभर्टन पनि युनाईटेडलाई हराएर अंक तालिका सुधार गर्न चाहन्छ ।
प्रिमियर लिग अन्तर्गत नै आर्सनलले एस्टन भिल्लासँग खेल्नेछ ।
यस्तै बर्नलीले ब्राइटनसँग खेल्दा न्युकासलले साउथह्याम्पटनसँग खेल्नेछ ।
फुलहमले वेस्ट ह्याम युनाईटेडसँग खेल्नेछ ।













