बायर्नलाई १० अंकको अग्रता
शनिबार, माघ २४, २०७७खेलपाटी संवाददाता

एजेन्सी । जर्मन बुन्डेसलिगा फुटबलमा साविक विजेता बायर्न म्युनिखले साँघुरो जित निकालेको छ ।
शुक्रबार राति भएको खेलमा बायर्नले हेर्था बर्लिनलाई १-० गोल अन्तरले पराजित गरेको हो ।
बायर्नको जितमा किन्सले कोम्यानले निर्णायक गोल गरे ।
उनले खेलको २१ औं मिनेटमा गोल गरेका थिए ।
त्यसअघि १२ औं मिनेटमा बायर्नका रोबर्ट लेवान्डोस्की पेनाल्टीमा गोल गर्न चुकेका थिए ।
हेर्थाविरुद्धको साँघुरो जितसंगै बायर्नले लिगमा १० अंकको अग्रता बनाएको छ ।
बायर्नले २० खेलमा ४८ अंक जोडेको छ ।
दोस्रो स्थानको आरबी लाइपजिगको ३८ अंक रहेको छ ।
हेर्था १७ अंक जोडेर लिगको १५ औं स्थानमा रहेको छ ।













