सिटीविरुद्ध माने र एलिसनले खेल्ने
शुक्रबार, माघ २३, २०७७खेलपाटी संवाददाता

एजेन्सी । इंग्लिस प्रिमियर लिग अन्तर्गत म्यानचेस्टर सिटीविरुद्धको खेलमा लिभरपुलका फरवार्ड साडियो माने र गोलकिपर एलिसन बेकर उपलब्ध हुने भएका छन् ।
लिभरपुलका मुख्य प्रशिक्षक योर्गेन क्लोपले सिटीसँगको खेलबाट दुबै खेलाडी मैदान फर्कने बताएका छन् ।
दुबै खेलाडी अघिल्लो खेलमा टिममा थिएनन् । जुन खेलमा लिभरपुल ब्राइटनसँग १-० ले पराजित भएको थियो ।
यस्तै मिडफिल्डर फाबिन्हो समेत उपलब्ध हुने क्लोपले बताएका छन् । फाबिन्होले जनवरी २४ पछि खेलेका छैनन ।
त्यस्तै जनवरी ट्रान्सफरमा अनुबन्धित ओजन काबाक पनि सिटीविरुद्धको खेलमा उपलब्ध हुने छन् ।
लिभरपुलले आइतबार घरेलु मैदानमा सिटीसँग खेल्नेछ ।
साविक विजेता लिभरपुल यस सिजन चौंथो स्थानमा रहेको छ ।
सिटी भने शीर्ष स्थानमा रहेको छ ।






-1762133940610.webp&w=3840&q=75)
-1762132968206.webp&w=3840&q=75)





