एजेन्सी । बार्सिलोना स्पेनिस कोपा डेल रे फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ ।
बुधबार राति भएको खेलमा ग्रानडालाई अतिरिक्त समयमा ५-३ गोल अन्तरले हराउँदै बार्सिलोना अन्तिम चारमा पुगेको हो ।
प्रतिस्पर्धात्मक बनेको खेलमा सुरुवाती अग्रता ग्रानडाले बनाएको थियो ।
खेलको ३३ औं मिनेटमा केनेडीले गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाएका थिए ।
खेलको ४७ औं मिनेटमा रोबर्टो सोल्डाडोले गोल गर्दा ग्रानडा २-० ले अघि रह्यो ।
तर, बार्सिलोनाले उत्कृष्ट पुनरागमन गर्यो ।

खेलको ८८ औं मिनेटमा एन्टोनियो ग्रीजम्यानले गोल गर्दै खेल २-१ को स्थितिमा ल्याए ।
खेलको इन्जुरी समयमा जोर्डी अल्बाले गोल गरेपछि खेल २-२ को बराबरीमा सकियो ।
निर्धारित समय बराबरीमा सकिएपछि खेल अतिरिक्त समयमा धकेलिएको थियो ।
खेलको १०० औं मिनेटमा ग्रीजम्यानले व्यक्तिगत दोस्रो गोल गर्दै बार्सिलोनालाई ३-२ को अग्रता दिलाए ।

खेलको १०३ औं मिनेटमा घरेलु टोलीका फेडे भीकोले गोल गर्दा खेल ३-३ को स्थितिमा पुगेको थियो ।
तर, खेलको १०८ औं मिनेटमा फ्रान्की डी जोङले गोल गर्दै बार्सिलोनालाई ४-३ को अग्रता दिलाए ।
त्यसपछि खेलको ११३ औं मिनेटमा अल्बाले व्यक्तिगत दोस्रो गोल गर्दै बार्सिलोनालाई ५-३ को जित दिलाए ।
