एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबलमा लिभरपुल पराजित भएको छ ।
बुधबार राति भएको खेलमा लिभरपुल ब्राइटनसँग १-० गोल अन्तरले पराजित भएको हो ।
साविक विजेता समेत रहेको लिभरपुल घरेलु मैदानमै पराजित भएको हो ।
लिभरपुलविरुद्ध ब्राइटनलाई जित दिलाउन स्टेभेन अल्जाटेले निर्णायक गोल गरे ।

पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको ५८ औं मिनेटमा स्टेभेनले निर्णायक गोल गरेका थिए ।
यस हारसंगै लिभरपुलको उपाधि होड समेत कमजोर बनेको छ ।
लिभरपुलले २२ खेलमा ४० अंक जोडेको छ । लिभरपुल चौंथो स्थानमा रहेको छ ।
ब्राइटन २४ अंक जोडेर १५ औं स्थानमा रहेको छ ।
अर्को खेलमा एभर्टनले लिड्सलाई २-१ ले हराएको छ ।
वेस्ट ह्यामले एस्टन भिल्लालाई ३-१ ले हराएको छ ।
डेब्यु खेलाडी जेसे लिंगार्डले दुई गोल गरेपछि वेस्ट ह्यामले सहज जित निकालेको हो ।
म्यानचेस्टर युनाईटेडका लिंगार्ड सिजनको अन्तिम सम्मका लागि लोनमा वेस्ट ह्याम आएका हुन् ।